• दिस इज ब्ल्याकबेरी.... Come with me


    काठमाडौ, वैशाख २५ -  जमाना स्मार्टफोनको छ । क्यामेरा, इन्टरनेट डिभाइस (ट्याब्लेट, किन्डल, ल्यापटप) भिडियो प्लेयर सबैको काम यसैले गर्ने भएकाले तन्नेरीहरूको मोह यसमा हुनु के अनौठो भयो र ! यहाँ ती आम स्मार्टफोनको चर्चा गर्न खोजिएको हैन, जसले समान्य सेवा दिन्छन् । 
    स्मार्टफोनभन्दा छुट्टै बिशेषता बोकेका छन्, ब्ल्याकबेरी सेटले । ‘ब्ल्याकबेरी स्मार्ट फोनमा मात्र हैन,’ भर्खरै बजारमा यसका ४ नयाँ मोडल भित्र्याएको टेलिटक नेपालकी मार्केटिङ मेनेजर गीता न्यौपाने (तस्वीरमा) भन्छिन्, ‘यो सेट चलाउनेले अरुभन्दा छुट्टै अनुभूति गर्छन् ।’ हुन पनि ब्ल्याकबेरी आम स्मार्टफोनभन्दा निकै फरक छ ।
    यसले मोबाइलबाट इन्टरनेट चलाउनेहरूलाई आफ्नै सर्भर ब्ल्याकबेरी इन्टरप्राइज सर्भर (बीआइएस) उपलब्ध गराउँछ । नेपालमा एनसेलले यो सेवा दिदै आएको छ । क्यानाडेली कम्पनी रिसर्च इन मोसन (रिम) ले उत्पादन गर्ने यो सेटमा छुट्टै इन्टरनेट सर्भर प्रयोग गर्न सकिन्छ, जसलाई ब्ल्याकबेरी इन्टरनेट सर्भिस (बिआइएस) भनिन्छ ।
    ब्ल्याकबेरीका मोबाइल डिभाइस पर्सनल डिजिटल डिभाइस जस्तै छन्, जसले बिजनेसमा भरपुर साथ दिन्छन् । डिभाइसमा रहेको फरक खालको मेसेन्जर सिस्टम ब्ल्याकबेरी मेसेन्जर (बीबीएम) ले अर्को सेट हुनेलाई हरसमय एक अर्कासग ‘कनेक्ट’ गरेर राख्छ । 
    ‘ब्याकबेरी सेट किन्नेलाई कोड उपलब्ध हुन्छ,’ न्यौपाने भन्छिन्, त्यो कोडलाई ‘एड’ गरेपछि दुवै डिभाइस बोक्नेहरू एक अर्कासँग सधैं अनलाइन जोडिएका हुन्छन् ।’ ब्ल्याकबेरीको बीबीएम प्रयोग गर्न अतिरिक्त शुल्क तिर्नु पर्दैन । ब्ल्याकबेरीको अर्को सुविधा हो पुस मेल । 
    व्यक्तिको इमेल एकाउन्टमा नया मेल आए/नआएको हेर्न इमेल खोल्ने झन्झट गर्नु पर्दैन । इमेल आउनासाथ सेटको स्क्रिनमा ‘बिप’ गर्न थाल्छ । व्यक्तिले इमेल नहेरेसम्म त्यसले अलर्ट गराइराख्छ । ब्ल्याकबेरीमा ठूलो साइजको इमेलसमेत व्यक्तिले सजिलै प्राप्त गर्न सक्छ । 
    यसको सर्भरले व्यक्तिले पठाएको ‘अट्याच फाइल’ लाई ९० प्रतिशत ‘कम्प्रेस’ गरेर सानो बनाएर ‘डेलिभरी’ गर्छ । सबैको पहुँच नपुग्ने सर्भर भएकाले यसको सुरक्षा संयन्त्र बलियो मानिन्छ । ब्ल्याकबेरीलाई पोर्टेबल मिडिया प्लेयर, इन्टरनेट ब्राउजर, गेमिङ डिभाइस र अरु पनि थुपै सुविधाका लागि प्रयोग गर्न सकिन्छ । 
    विश्वमा ब्ल्याकबेरी यसका फिचरहरूका कारण लोकप्रिय छ । विश्वको छैटौं लोकप्रिय डिभाइस निर्माता रिमका स्मार्टफोनको बजार हिस्सा सन् २०११ मा २५ प्रतिशत थियो । यसको सेवा विश्वका ९१ मुलुकका ५ सयभन्दा बढी मोबाइल अपरेटरले उपलब्ध गराउँछन् ।
    ब्याकबेरीको पहिचान क्वार्टी कि–प्याड हो । प्रतिस्पर्धामा टचस्क्रिन सेटहरू आएपछि उसले मात्रै आफूलाई पछाडि किन राखोस्, भर्खरै बजारमा आएका यसका सेटहरू टच–स्क्रिनयुक्त छन् । त्यसैले त सुरुमा बिजनेस क्लासको फोन मानिएको यो सेट ब्यवसायी र युवाहरूबीच लोकप्रिय हँुदै गएको छ । 
    युवाहरूको क्रेज रहेकोे कम्प्युटरमा भएका सारा सुविधा समावेश गरेर रिमले मोबाइल फोनको परिभाषा फेरिदिएको छ । त्यसैले युवाहरूले आफ्नो स्ट्याटसमा ब्ल्याकबेरीलाई जोड्न थालेका छन् । ब्ल्याकबेरी आम युवामा पुग्नलाई यसको मूल्यले केही असर पारेको छ । बजारमा यसका सेट किन्न निकै खर्च गर्नु पर्छ । 
    तर यसले पछिल्लो समय केही सस्ता सेटहरूसमेत बजारमा ल्याएको छ । यसै साता नेपाली बजारमा ब्ल्याकबेरी सेभेन ओएस (अपरेटिङ सिस्टम) युक्त ४ नयाँ मोडल भित्रिएका छन् । ब्ल्याकबेरी टर्च–९८१०, ब्ल्याकबेरी कर्भ–९३६०, ब्ल्याकबेरी कर्भ–९३८० र ब्ल्याकबेरी बोल्ड–९७९० अत्याधुनिक फिचरले भरिएका छन् । 
    ब्ल्याकबेरी टर्च–९८१० स्मार्टफोनमा टच डिस्प्ले र स्लाइड हुने क्वेर्टी कि–प्याड छ, जसबाट प्रयोगकर्ताले उत्वृmष्ट मल्टिमिडियाको अनुभव लिन सक्छन् । यसमा १.२ गिगाहर्जको प्रेसेसर भएकाले छिटटो ब्राउज गर्न, गेम खेल्न र साामाजिक सञ्जाल प्रयोग गर्न सकिन्छ । कम्पनीले ८ जीजीको मेमोरी ‘इन्बिल्ड’ गरेको छ । 
    स्पेस पुगेन भनेर नआत्तिनुस्, माइक्रो एसडी कार्डबाट ३२ जीबीसम्म मेमोरी बढाउन सकिन्छ । सेटमा ५ मेगा पिक्सेलको क्यामेरामा फ्ल्याससमेत जडान गरिएको छ । यसले स्टिल फोटो छँदैछ, हाइडिफनिसनमा भिडियोसमेत खिच्न सकिन्छ । वाइफाइ भएकाले इन्टरनेट चलाउन सजिलो छ । 
    मोबाइलमा भएकामध्ये केही खोज्नु पर्‍यो भने टाइप गरेर सर्च गर्ने झण्झट पर्दैन । बोलेर अर्डर गर्नुपर्छ, जुनसुकै फाइलहरू, इमेल, कन्ट्याक्ट, गीतलगायतका सामग्री हाजिर हुने छन् । कर्भ–९३६० मा समेत उल्लेखित विशेषता अधिकांश छन् । यसमा सामाजिक सञ्जालहरू प्रयोग गर्न शक्तिशाली प्रोसेसरले सघाउँछ । 
    यसले एचटीएमएल ५ भिडियो सपोर्ट पनि गर्दछ । कर्भ –९३६० पूर्ण टच डिस्प्ले भएको पहिलो ब्ल्याकबेरी कर्भ सेट हो । यसमा ३.२ इन्चको डिस्प्ले छ । ब्ल्याकबेरी मेसेन्जर, फेसबुक, ट्विटरलगातका सामाजिक सञ्जाल यसमा पहिल्यै इन्स्टल गरिएका छन् । 
    फ्ल्याससहितको ५ मेगा पिक्सेलको क्यामरा, वाइफाइलगायतका सुविधा ब्ल्याकबेरीमा हुनेनै भए । बोल्ड–९७९० सेट चाही टच स्क्रिन र क्वेर्टी कि प्याड दुवै भएको सेट हो । यसलाई समेत आवाजको मद्दतबाट (टाइप नगरी) चाहेको खोज्न लगाउन सकिन्छ । 
    शक्तिशाली १ जिगाहर्जको प्रोसेसर, उत्कृष्ट ग्राफिक्स, छिट्टो चल्ने ब्राउजरले प्रयोगकर्तालाई भिन्न अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यो फोनमा रहेको कम्पास, जीवीएस र अग्मेन्टेड रियालिटीबाट संसारको कुनै पनि स्थानको जुनसुकै वmुरा थाहा पाउन सकिने कम्पनीले जनाएको । 
    यसमा भएको ब्यालेन्स एप्लिकेसनले काम र गेम खेल्दाको समय मिलाउन सकिन्छ । ब्ल्याकवेरी सेटका फङसन युजरफ्रेन्डली नभएको गुनासो बारम्बार सुन्ने गरिन्छ । पछिल्ला सेट उत्पादनमा भने ब्ल्याकबेरीले त्यस्ता धेरै गुनासोलाई सम्बोधन गर्ने प्रयास गरेको छ । ब्ल्याकबेरी सेटको कालो रंग उसको मैलिक पहिचान जस्तै थियो । 
    पछिल्लो पटक यसले आफूलाई रंगमा विविधिकरण गरेको छ । युवा आशांक्षालाई ध्यानमा राखेर डिजाइन गरिएको कर्ब–सिरिज इन्द्रधनुषी रंगमा छ । ब्ल्याकबेरीका सेट महँगा छन् । यसका सुविधा समेत त्यतिकै उत्कृष्ट छन् । नेपाली बजारमा १९ हजार ९ सय १० रूपैंयादेखि ५२ हजार ९५ रूपैंयासम्मका ब्याकबेरी सेट उपलब्ध छन् । 

    ब्ल्याकबेरी टर्च–९८१० 
    मूल्यः ५२०९५ रूपैंया

    ब्ल्याकबेरी कर्भ –९३६०
    मूल्यः३४५४० रूपैंया

    ब्ल्याकबेरी कर्भ –९३८०
    मूल्यः३५९९५रूपैंया

    ब्ल्याकबेरी बोल्ड–९७९०
    मूल्यः ५०३९५ रूपैंया

    Lila GHimire
    Source - Ekantipur 
  • 0 comments:

    Post a Comment

    Thanx for read my post.

    GET A FREE QUOTE NOW

    Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat.

    ADDRESS

    4759, NY 10011 Abia Martin Drive, Huston

    EMAIL

    contact-support@mail.com
    another@mail.com

    TELEPHONE

    +201 478 9800
    +501 478 9800

    MOBILE

    0177 7536213 44,
    017 775362 13