मैले देखेको हर सहर-सहर मा तिमि थियौ
मैले चाहेका ति हर रहर-रहर मा तिमि थियौ ।।
कोर्थें गजल एकान्तमा एक्लै आँसुको साथमा
मेरा गज़लका हर बहर-बहर मा तिमि थियौ ।।
मैले देखेको हर सहर-सहर मा तिमि थियौ ।।
ग्रीष्म ऋतु पनि हराभरा देख्दैछु म किन
ति ऋतु का ति हर लहर-लहर मा तिमि थियौ ।।
मैले देखेको हर सहर-सहर मा तिमि थियौ ।।
तिमि साथ हुँदा सारा संसार को खुसि थियो
मेरा खुसि का ति हर प्रहर-प्रहर मा तिमि थ्यौ ।।
मैले देखेको हर सहर-सहर मा तिमि थियौ ।।
मैले चाहेका ति हर रहर-रहर मा तिमि थियौ ।।
0 comments:
Post a Comment
Thanx for read my post.